श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकीमा शिव रेग्मी र शिव श्रेष्ठ सम्मानित



रंग खबर, काठमाण्डौं । स्वं. नायक श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर स्व.निर्देशक शिव रेग्मी र अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको छ । सोमबार राजधानीमा एक विषेश कार्यक्रमको आयोजना गरि निर्देशक रेग्मीलाई ‘मरोणोपरन्त विशेष सम्मान’ र नायक शिवलाई ‘श्रीकृष्ण श्रेष्ठ स्मृति सम्मान’ बाट सम्मान गरेको हो ।
mantriसम्मान सहित स्वं.निर्देशक रेग्मीलाई ५१ हजार रुपैयाँ र अभिनेता श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । स्वं. रेग्मीको सम्मान पत्नी ज्ञानु रेग्मीलाई प्रदान गरियो । स्वं. अभिनेता श्रीकृष्ण श्रेष्ठको नाममा स्थापना गरिएको ‘श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान’ले रसियान कल्चर सेन्टरमा श्याम स्मृत प्रेमलाल श्रेष्ठ र श्वेता खड्काद्धारा लिखित ‘अमर नायकको सम्झना’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।
shree krishnaकार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल, नेपाली चलचित्र क्षेत्रका नयाँ देखि पुराना कलाकारहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्व.श्रीकृष्णको सम्झनामा आधा घण्टा लामो भिडियो देखाइएयो, जुन भिडियोले सबैलाई भावविहल बनायो । आँखा बाट आँसु खसाल्दै नायिका तथा श्री पत्नी श्वेता खड्काले आफुलाई घर परिवार र सबै बाट अगाडी बढ्न हिम्मत दिन आग्रह गरिन् । गत वर्षको साउन २४ गते श्वेतासँग बिहे भएको एक महिनामानै नायक श्रीकृष्णको भारतको दिल्ली स्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्