भूकम्पपीडितको सहयोगार्थ बुद्ध कुमारीको ‘आवाज’ यात्रा (फोटोफिचरसहित)



–कमल प्रसाई (तस्विरसहित)
सडक बालबालिकाहरुको हकमा काम गर्दै आएको बुद्ध कुमारी फाउण्डेशनले भूकम्पपीडितको सहयोगार्थ अभियान थालेको छ । सिन्धुपाल्चोकस्थित हाइबुङबासीका भूकम्प पीडितको सहयोगार्थ सांगीतिक यात्रा शुरु गरेको हो ।
ppशनिवार धरानस्थित पब्लिक स्कुलबाट यात्राको शरुवात गरिएको हो । त्यँहा आयोजित ‘आवाज’ सांगीतिक कार्यक्रममा नेपाली आइडल २०६९ का विजेता गायक बादल लिम्बुले माहोल तताएका थिए । उनीसंगै स्थानीय व्याण्ड आउटसाइडर, लाहुरे व्याण्ड, आरोग्य, द एज ब्याण्ड , द स्याडो ब्याण्ड लगायतले पनि मनोरञ्जन दिलाएका थिए ।यो सांगितिक यात्रा नेपालका पाँच मुख्य शहरमा आयोजना हुँदैछ ।
aawaj yatraधरानबाट शुरु भएको यात्रा चितवन, काठमाडौं, बुटवल, पोखरामा पनि भिन्न–भन्न मितिमा यिनै ब्याण्ड र कलाकारहरुले प्रस्तुति दिनेछन् । कार्यक्रमबाट उठेको रकम हाइबुङमा भूकम्पबाट भत्किएको त्यँहाको एक विद्यालय बनाइने बुद्ध फाउण्डेशनकी बसुधा राईले बताइन् ।
a9

c4

a2

प्रतिक्रिया दिनुहोस्