गुञ्जनमा गुञ्जियो ‘लामो कालो केश’ (भिडियोसहित)



IMG_3039
लामो कालो केश तिम्रो छोइदिउ जस्तो लाग्छ

पलपलको दुःखमा तिम्रो रोइदिउ जस्तो लाग्छ…

रंग पत्रकार अनिल यादवले लेखेको यो गजल गीत बनेको छ । राजधानीस्थित अनामनगरमा रहेको गुञ्जन रेकर्डिङ स्टुडियोभित्र यसको रेकर्डिङ सम्पन्न भएको हो ।

गायक पुष्कर सुनुवारले गीतमा स्वर दिएका छन् । खेम विश्वकर्माले संगीत भरेका छन् भने पुष्कर आफैले म्यूजिक एरेन्ज गरेका छन् । ‘यो मैले लेखेको पहिलो गजल हो’, गजल लेखनमा रुची राख्ने पत्रकार यादवले भने, ‘गजल श्रृंगारिक छ । गायक, संगीतकार र एरेन्जरले शब्दलाई झन सुन्दर बनाइदिने कोशिष गर्नुभएको छ ।’ एकसाताभित्र गीतको अडियो रिलिज गर्ने र केही समयभित्रै भिडियो तयार भइसक्ने पनि उनले जानकारी दिए ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्