चेत खुल्यो सुरजको |भन्छन्, ‘अब छानेर फिल्म खेल्छु’ (भारतीय मोडलसँग उनको तस्बिरसहित)



रग खबर, काठमाण्डौं । कलाकारलाई ‘कथाले मागेजति’ नंग्याएर फिल्म निर्देशन गर्न माहिर निर्देशक राजु गिरीको फिल्म ‘टाइगर द रियल हिरो’ बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता हुन्, सुरज रानाभाट । उनले त्यसपछि फिल्म ‘निशानी’ र ‘आगमन’ खेले । तर, पनि खासै जम्न सकेनन् । अहिले उनमा चेत आएको देखिन्छ ।
suraj‘फिल्म धेरै खेलेर चल्ने होइन । छानेर खेल्नुपर्दाे रहेछ । समाजले पचाउनसक्ने फिल्म खेल्नुपर्छ’, केही समयको ग्यापपछि पुनरागमनको तयारीमा रहेका उनले भने, ‘त्यही भएर अभिनयमा निखारता ल्याउनका लागि केही समय मैले फिल्म नखेलेको हुँ ।’
suraj ranabhatt
हालै उनले एक दक्षिण भारतीय मोडल सुधा राउतसँग एक कम्पनीको विज्ञापनका लागि हट फोटोसुट गराएका छन् । फोटोसुटका क्रममा भेटिएका उनले भने, ‘अब म फिल्मको संंख्यालाई भन्दा स्तरलाई ध्यान दिन्छु ।’ सुरजले हालसम्म डेढ सय म्युजिक भिडियो र दर्जन जति विज्ञापनमा काम गरिसकेका छन् । उनी अहिले नयाँ फिल्मका लागि शरीर बनाउन जिमखाना धाइरहेका छन् । (साभार शुक्रबार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्