‘पलमै हसायौँ, पलमै रुवायौँ’ मा आशिष्मा र निराजन



रंग खबर, काठमाण्डौं ।
छोडेर नजाउ प्रदेशी मलाई,
दुई दिन माया लाएर…
धेरै रुचाइएको गीत हो यो । फिल्म ‘कहाँ छौ कहाँ’ मा समावेश यो गीतलाई गायक महेश थुलुङोले गाएका हुन् । यही गीतबाट पाश्र्व गायनमा चर्चा कमाएका महेश ‘मोमेन्ट’ एल्बम ल्याउने तयारीमा जुटेका छन् ।
nirajan ashisma

अमेरिकामा बसेर नेपाली संगितमा जुटिरहेका महेश यतिबेला काठमाण्डौँमा छन् । उनको एल्बममा समावेश ‘पलमै हसायौँ पलमै रुवायौँ’ बोलको गीतको छायांकनका लागि उनी नेपाल आइपुगेको बताए । गीतको हालै काठमाडौँमा छायांकन सकिएको छ ।
nabin gurungफोटोपत्रकार नबिन गुरुङले निर्देशन गरेको यस गीतको भिडियोमा अभिनेत्री आशिष्मा नकर्मी र मोडल निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोलाई निर्देशक गुरुङ स्वयम्ले खिचेका छन् । भिडियोलाई एक महिनाभित्र सार्वजनिक गरिने निर्देशक गुरुङले बताए ।
mahesh thulungo

प्रतिक्रिया दिनुहोस्