यस्तो रहेछ आर्यन सिग्देलको ‘टेम्पोररी माया’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । संगीतकार बसन्त सापकोटाले गाएको फिल्म ‘सुश्री’ को ‘टेम्पोररी माया’ सार्वजनिक भएको छ । गीतमा फिल्मका अभिनेता आर्यन सिग्देल र अभिनेत्री आशिका तामाङ फिचरिङमा छन् ।
sushreeफिल्म लेखक शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्म कार्तिक ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ । गीतमा एन्जिला रेग्मिको पनि स्वर रहेको छ । गीतलाई बसन्त आफैले लेखेका हुन् भने संगीत पनि उनी आफैले भरेका छन् । गीतलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन् ।

आत्मराम थापाको लगानीमा निर्मित यस फिल्ममा सुरबिना कार्की, राजाराम पौडेल, बिकास चापागाईं, मिश्री थापा आदी कलाकारले पनि अभिनय गरेका छन् । यो फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् भने सानुकुमारले दन्द निर्देशन गरेका छन् ।

हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्