कसलाई दिइन् पार्वती राईले धोका ? (भिडियो)



रंग खबर, काठमाण्डौँ । गायक राजेन्द्र राईको नयाँ म्यूजिक भिडियो ‘ठूली’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित मोडल पार्वती राई, योगेन्द्र र जंग्बुले अभिनय गरेका छन् ।
parwati raiराजेन्द्रकै शब्द र संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । पछिल्लो समयका व्यस्त म्यूजिक भिडियो निर्देशक विज्ञान राईको सम्पादन र निर्देशन रहेको भिडियोमा एउटी यूवतीले प्रवासमा पुगेपछि गाउँको प्रेमलाई भुलेको कथा देखाउन खोजिएको छ ।

ज्ञानेन्द्र शर्मा र राजेन्द्रले खिचेको भिडियोमा नेपाल र अमेरिकाका दृश्य छन् । यो गीत एल्बम ‘मुहार’मा समावेश छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्