मुरारीको ‘कहिलेकाँही तिमीलाई भेटु भेटु लाग्छ’मा दिलिप रायमाझीको अभिनय



रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर नेपाली संगीतको क्षेत्रमा सक्रिय गायक मुरारी भट्टराईको नयाँ एल्बम ‘अनामिका’मा समावेश गीतको छायांकन गरिएको छ । अमेरिकास्थित क्यालिफोर्निया, गोल्डेन गेट ब्रिज र स्रान्फ्रान्सिस्को रमणीय स्थानमा ‘कहिलेकाँही तिमीलाई भेटु भेटु लाग्छ’ बोलको गीतको छायांकन गरिएको हो ।
dilip rayamajhi and murari bhattaraiनिर्देशक सुरेशदर्पण पोखरेलले निर्देशन गरेको उक्त गीतमा अमेरिका पुगेका अभिनेता दिलिप रायमाझी र निला शाहीले अभिनय गरेका छन् । दुई दिन लगाएर छायांकन सकिएको भिडियो दुईसाताभित्र सार्वजनिक गरिने गायक भट्टराईले बताए ।
dilip 2
यो गीतमा चिरञ्जिवी कोइरालाको शब्द र विकास चौधरीको संगीत रहेको छ । गीतमा मुरारीसँगै जुनु रिजालको पनि स्वर रहेको छ । करिब तीन लाख रुपैयामा भिडियो निर्माण सम्पन्न हुने गायक मुरारीले बताए ।

प्रतिक्रिया दिनुहोस्