चुलबुली शिल्पा पोखरेलको हेराईमा को पागल ? (फोटोफिचर र भिडियो)



रंग खबर, काठमाण्डौं । अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको नयाँ म्यजिक भिडियो सार्वजनिक भएको छ । गायिका जेनी खालिङको स्वर रहेको ‘चुलबुली मै छोरी’ बोलको गीतमा शिल्पा कम्मर मर्काइ–मर्काइ नाचेकी छिन् ।
जेनीको एल्बम ‘प्रेम कहानी भाग २’मा समावेश यस म्यूजिक भिडियोमा शिल्पालाई मोडल पुष्प खड्काले साथ दिएका छन् । अर्जुन अधिकारीले भिडियोे निर्देशन गरेको गीतमा शिल्पा र पुष्पको लभ क्यामेस्ट्री देख्न सकिन्छ ।

घनश्याम गौतमको शब्द रहेको यस गीतलाई पछिल्लो समयका व्यस्त युवा संगीतकार टंक बुढाथोकीले संगीत गरेका हुन् । गायिका जेनीले ०६३ सालबाट संगीत यात्रा शुरु गरेको बताइन् । गान्दर्भ संगीत विद्यालयमा चन्दन श्रेष्ठसँग शास्त्रिय संगीत सिकेकी उनले यो म्यूजिक भिडियोबाट आफु निकै आशावादी रहेको बताइन् । ‘गीत राम्रो बनाउन मैले सक्दो कोशिष गरेकी छुँ । दर्शकले रुचाउनुहुनेछ भन्ने अपेक्षा राखेकी छु’, उनी ढुक्क छिन् ।
jeni khaling

shilpa pokharel

shilpa

 

प्रतिक्रिया दिनुहोस्