राजेशपायलले गाउँदा झुमे डेनमार्कवासी (फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौँ । गायक राजेशपायल राई यतिवेला आफ्नो सांगितीक यात्राका लागि युरोपमा छन् । उनी त्यँहा सांगितीक कार्यक्रममा व्यस्त छन् । यात्राकै क्रममा हालै डेनमार्कको चार्लोटस्थित कोपेनहेगनमा उनी सुनिए । सो कार्यक्रममा राजेशपायलसंगै झुमेका थिए कोपेनहेगनबासी। ‘राजेशपायल म्युजिकल नाईट’ नाम दिइएको उक्त कार्यक्रममा राजेशले करिब ३०वटा गीत गाए।
rajesh payal 2‘नाई नभन्नु ल ४’ को मैनाराजा ‘मैनारानी’ बोलको गीतबाट गला खोलेका राईले ‘बसमा छैन यो मन’बाट कार्यक्रमको बिट मारेका थिए। राईलाई ‘सागरसरी चोखो मायामा’ स्थानीय गायिका निरा थापाले साथ दिएकी थिइन् भने ‘धरान धनकुटा भेडेटार’बोलको गीतमा कुसुम दाहालले साथ दिइन्।
rajesh payal raiकार्यक्रममा राजमान तामाङ, सन्तोष लामिछाने र रबिन दाहालले रौनक थपेका थिए। कार्यक्रम सोंचेभन्दा बढी सफल भएको आयोजक जितेन्द्र कार्कीले बताए। गायक राई भोलि बेल्जियम जाँदैछन्।
rajesh payal
rajesh payal final

प्रतिक्रिया दिनुहोस्