‘जीन्दगी’बाट पुरा भयो रिदमको सपना



रंग खबर, काठमाण्डौँ । गायक तथा गीतकार रिदम राईले आधुनिक गीति एल्बम ‘जीन्दगी’ सार्वजनिक गरेका छन । ‘जीन्दगी’ गायक रिदमको पहिलो एल्बम हो । सानैदेखि गायनमा रुचि भएकाले एल्बम निकालेको रिदमले बताए ।
reedamएल्बम सार्वजनिक गर्दै गायक रिदमले भने, ‘सानैदेखि गायक बन्ने सपना बोकेर आएको हुँ । जीन्दगीमा ‘जीन्दगी’ एल्बम ल्याएर एउटा सपना पुरा गरेको छु ।’ एल्बममा रहेका ८ गीतमध्ये ६ वटा गीतमा गायकै संगीत रहेको छ । अन्य बाँकी गीतमा शंकर थापा र निलम रोजु राईको संगीत रहेको छ । हाल रोजगारीको सिलसिलमा कतारमा बस्दै आएका रिदमले भने, ‘निकै मिहिनेत गरेर एल्बम ल्याउन सफल भएको छु । अब यहाँहरुको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
reedam raiएल्बममा जीन्दगी एउटै, आज तिम्रो पलपल, तिमी मेरो, रोकी दिन्छु, मेरो माया, जुनीजुनी र मैले गाउने बोलका गीत रहेका छन । तीमध्ये दुईटा गीतमा गायक रिदमलाई गायिकाद्वय मेनुका राई र कला राईले स्वरमा साथ दिएका छन । यस एल्बमलाई रिभेन्ज म्युजिक क्रियशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्