अमेरिका पुगेर मुरारीको गीतमा यसरी नाचे दिलिप रायमाझी (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौँ । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
murariगायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । भिडियो निर्देशन निर्देशक सुरेशदर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाही फिचरिङ छिन् । भिडियोमा उनीहरुको लोभलाग्दो नृत्य र रोमान्स देख्न सकिन्छ ।

‘सम्भवत : अमेरिकाको क्यलिफोर्नियाका रोमाञ्चक दृश्यहरुलाई समेटेर बनेको यो पहिलो नेपाली म्यूजिक भिडियो हो’, निर्देशक पोखरेलले भने, ‘भिडियोलाई अधिकांश हलिउड फिल्महरुको छायांकन हुने गोल्डेन गेट बृजमा पनि खिचिएको छ ।’ उनले भनेजस्तै भिडियोमा अमेरिकास्थित क्यालिफोर्नियाका मनमोहक दृश्य देख्न सकिन्छ ।

विकास चौधरीको संगीत रहेको यस गीतमा गायक भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् । ‘अनामिका’ गायक भट्टराईको डेब्यू एल्बम हो । ‘विदेशमा रहेर पनि नेपाली गीत–संगितप्रतिको मेरो मोह घटेको छैन्, झनझन बढीरहेको छ’, गायक भट्टराईले भने, ‘दर्शकको प्रतिक्रियालाई मध्यनजर गरेर अर्को एल्बमको तयारी गर्ने सोच बनाएको छुँ । ’

भिडियोलाई निर्देशक सुरेश दर्पण पोखरेलले नै खिचेका हुन् भने भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् ।
Watch Song Here :- 

प्रतिक्रिया दिनुहोस्