सुरजको ‘गोलीले लागेझै’मा सुष्मा र केवलको रोमान्स (फोटोफिचर)



रंग खबर, काठमाण्डौँ । मौसम जाडो थियो । वरीपरी सबैका शरीरमा बाक्ला–बाक्ला कपडा थिए । तर, अभिनेत्री सुष्मा कार्की खोलाको विचमा उभिएर पानीमा भिज्दै थिइन् । उनलाई बोक्दै थिए, मोडल केवल भुजेल । केही दुवैको शरीरमा पानी छ्याप्दै थिए । कहिले चिसो पानीसँग डराउँदै सुष्मा भाग्थिन्, त कहिले शरीर कपाउँदै भए पनि भिज्न तयार हुन्थिन् । दृश्य रमाइलो थियो, लोभलाग्दो थियो । खोलाको दाँया र बाँया दुवैतिर उनीहरुलाई नियाल्नेको भिड पनि कम थिएन् ।
sushma karkiiशनिवार साँझ चारवजे भक्तपुरस्थित पेप्सिकोलाको एक खोलामा देखिएको दृश्य हो यो । तर, दृश्यमा देखिएजस्तो रमाइलो गर्नकै लागि सुष्माले खोला रोजेकी भने होइनन् । संचारकर्मबाट गायकका रुपमा डेब्यू भएका सुरज पौडेलको एक गीतको भिडियोमा अभिनय गर्न उनी त्यँहा पुगेकी थिइन् । ‘गोलीले लागेझै नजरले हानिदेउ’ बोलको गीतको छायांकन त्यँहा भइरहेको थियो । सुष्मा र केवल अभिनय गरिरहेका थिए । यस्तो जाडोमा पानीमा भिज्दै अभिनय गर्दै हुनुहुन्छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘हो नि । म त जाँडोले कापिसके । त्यँही पनि कथाले मागेपछि गर्नैप¥यो ।’
sushma karkiपहिलोपटक सुष्मासँग स्क्रिन शेयर गर्न पाउँदा केवल दंग थिए । भन्दै थिए, ‘सुष्माजीसँग काम गर्न पाउँदा रमाइलै भइरहेको छ । धेरै कुरा सिक्ने मौका पाए ।’ सुष्मा अभिनित फिल्म ‘चलेछ बतास सुस्तरी’ प्रेम दिवसको दिन पारेर प्रर्दशन हुदैँछ ।

भिडियो छायांकनका क्रममा विच सडकमा सुष्माले केवललाई लात हानेको दृश्य पनि कम रोचक थिएन् । बाटोमा हिड्ने कतिपय त दृश्य देखेर झुक्किएका थिए । ‘म त साच्चिकै रहेछ भनेको शुटिङ पो रहेछ’, स्थानिय सिम्रन राई भन्दै थिइन् ।
sushma karki kewal bhujel

शनिवार नै सकिएको गीतको भिडियो निर्देशन शंकरअधिकारी घायलले गरेका थिए । ‘मैले गीतलाई फरक ढंगले फिल्मांकन गर्ने प्रयास गरेको छु’, उनले सुनाए । यो गीत गायक पौडेलको ‘.मनको खुशी’ एल्बममा समावेश हुनेछ । ‘गीत रोमान्टिक खालको छ’, पौडेलले भने, ‘गीतमा केटाले केटीलाई फकाएको भाव छ । आशा छ दर्शकले मनपराउनुहुनेछ ।’

एक महिनाभित्र भिडियो रिलिज गरिसक्ने उनले जानकारी दिए । गीतमा अर्जुन कार्कीको शब्द , टंक बुढाथोकीको एरेन्ज रहेको छ । संगीत गायक स्वयम्को छ । रामेश्वर हुमागाँईले खिचेको यो गीतको कोरियोग्राफी प्रदिप ज्ञवालीले गरेका थिए । भिडियोमा केवलले सुष्मालाई गालामा किस गरेको दृश्य पनि समावेश गरिएको छ ।
susma karki
sushma karki final

suraj paudel

sushma karki 2

प्रतिक्रिया दिनुहोस्