राजिनको ‘६० साल’मा यस्तो प्रेम कहानी (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौँ । के तपाईलाई लगातार १२ वर्षसम्म कसैलाई एकोहोरो प्रेम गर्नुभएको छ ? धेरैले यसमा आश्चर्य मान्लान् । तर, भर्खरै सार्वजनिक एक म्यूजिक भिडियोमा मोडल आर्जेश रेग्मीले ‘२०६० साल’को अधुरो प्रेम कहानी सुनाउन मोडल करुणा श्रेष्ठलाई बोलाइरहेका छन् ।
rajin ruchalगायक राजिन रुचालको म्यूजिक भिडियोमा आर्जेशको यस्तो एकोहोरो प्रेम पाइएको हो । यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्को रहेको छ । एक दशकदेखि नेपाली संगित क्षेत्रमा क्रियाशिल गायक राजिनको गीत रेकर्डिङहरु ०६२ सालदेखी सुरु गरेपनि पहिलो एल्बम ‘भाव’ भने भर्खरै मात्र सार्वजनिक गरेका छन् । सोही एल्बममा समावेश गीत हो ‘२०६० साल’ । यो गीत सार्वजनिक भएसंगै गायक रुचालको चर्चा नेपाली साङ्गीतिक क्षेत्रमा भइरहेको छ । गायक रुचालको यो गीत अहिले निकै चर्चामा रहेको छ । ‘६० साल’ बोलको उक्त गीत र गीतको म्युजिक भिडियाले दर्शक स्रोताहरुको मन जित्दै गइरहेको गायक रुचालले बताए । सामाजिक सञ्जाल मार्फत फ्यानहरुले गीत असाध्यै राम्रो बनेको प्रतिकृया दिएको गायक राजिन रुचाल बताउनछन् ।

नेपाली म्युजिक भिडियो निर्देशनमा ब्यास्त निर्देशक तथा गायक शशान कँडेलले निर्देशन गरेको म्युजिक भिडियोमा आर्जेश रेग्मि, करुण श्रेष्ठ, सुरज श्रेष्ठ, दिल्जङ गुरुङ लगायतको अभिनय छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन । राजिनको एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।
Watch Song  Here :-

प्रतिक्रिया दिनुहोस्