‘जति नजिक हुन्छु म’ मा विपना र यशराज (फोटोफिचर)



रंग खबर, काठमाण्डौँ । गीतकार शकरदेव कँडेल ‘सान्नानी’ गिती एल्बमसहित दर्शक/श्रोतामाझ आउने तयारीमा छन् । उनको यही एल्बममा समावेश ‘जति नजिक हुन्छु म’बोलको गीतको छायांकन सोमबार सम्पन्न भएको छ । ललितपुरस्थित नखिपोटको सिलौटी रिसोर्टमा भिडियो छायांकन गरिएको हो ।
bipana thapaअर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा मोडल विपना थापा र यशराज गरचले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल रोमान्स देख्न सकिने निर्देशक अधिकारीले बताए ।

गायक तथा संगीतकार चिरन्जिवी भण्डारीले संगीत भरेको यो गीतमा चर्चित गायक शिव परियारले स्वर दिएका छन् । गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका थिए । गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका हुन् । ‘एल्बम चाँडै सार्वजनिक गर्ने तयारीमा छु’, गीतका कँडेलले भने ।
bipana thapa 4
bipana thapa 2
chiranjibi bhandari
gitkar 2

प्रतिक्रिया दिनुहोस्