प्रमोदको नयाँ गीत : प्रियंका बनिन् झुम्कावाली (भिडियो)



रंग खबर, काठमाण्डौँ । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओए झुमा झुम्कावाली’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
pramod kharelशितल कादम्बिनीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । रोमान्टिक शैलीमा गाइएको गीतको भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । भिडियो खिच्ने र सम्पादनको काम पनि उनी आफैले गरेका हुन् ।

भिडियोमा अहिलेकी लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले ‘झुम्कावाली’ बनेर अभिनय गरेकी छिन् । उनलाई अभिनयमा अमिर शेख, सुधिर खनाल, सुजन रेग्मी र सौरभले साथ दिएका छन् । ‘गीतलाई निकै मिहनेत गरेर तयार पारेको छु’, गायक खरेलले भने, ‘आशा छ दर्शकले अरु गीतजस्तै रुचाउनुहुनेछ ।’
Watch Song Here :-

pramod

प्रतिक्रिया दिनुहोस्