शान्ताले ल्याइन् बाचा’ | राजेशपायल र स्वरुपराजको पनि स्वर



रंग खबर, काठमाण्डौँ । गायिका शान्ता जिसीको पहिलो गिती एल्बम ‘बाचा’ सार्वजनिक गरिएको छ । हालै एक कार्यक्रममाझ वरिष्ठ संगितकार शक्ति बल्लभले एल्बम सार्वजनिक गरेका हुन् ।
shanta gcएल्बममा शान्तिाको एकल स्वर रहेका छन् । उनलाई स्वरमा चर्चित गायक राजेशपायल राई र स्वरुपराज आचार्यले पनि साथ दिएका छन् । सुरेश सेन्चुरी, सन्तोष श्रेष्ठ, बिबि अनुरागी लगायतको संगीत रहेको एल्बममा डा. कृष्णहरी बराल, सुमन श्रापित, शोभा पुन लगायतको शब्द रहेका छन् ।
shantaआठवटा गीत समावेश एल्बममा ‘बाचा बाचा’, ‘तिमी मन्दिर’,‘ओठले होइन’, ‘सबैले भन्छन्’, ‘पल पल’ आदि बोलका गीत समावेश छन् । ‘एल्बमका सबै गीतलाई कर्णप्रिय बनाउन सक्दो कोशिष गरेको छु’, गायिका जिसीले भनिन्, ‘दर्शकले यो ‘बाचा’लाई मनपराइदिनुभयो भने अर्को एल्बम पनि चाडैँ ल्याउने बाचा गर्न चाहन्छु ।’ जापानमा बस्दै आएकी शान्ता त्यँहीबाट नेपाली संगित क्षेत्रमा योगदान पु¥याइरहेकी छिन् । उनले हालै नेपाल आएर एल्बम सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्