‘बागमती’को प्रेसमिटमा राजेश हमालको यस्तो डायलग…



रंग खबर, पोखरा । ‘नेपाल पहिलेको नेपाल रहेन तर राजेश उही राजेश हो’ । यही पौष २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म बाग्मतीको पत्रकार सम्मेलनमा आइतबार पोखरामा राजेश हमालले फिल्मको डायलग सुनाए । साथै फिल्म राम्रो बनेको र दर्शकले मन पराउनेमा पनि आफु आशावादी रहेको बताए । ‘निर्देशकले मलाई एउटा फरक भुमिकामा देखाउन खोज्नुभएको छ, आशा छ यसलाई दर्शकले मन पराउनेछन्’ उनले भने ।
rajesh hamalयस्तै फिल्मकी नवअभिनेत्री श्रेया कार्कीलेअग्रज कलाकारहरु सँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन् । फिल्ममा आफुलाइ दिएको भुमिकाप्रति न्याय गरेको उनको भनाइ छ । श्रेया ‘बाग्मती’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् ।  कार्यक्रममा बोल्दै फिल्मका निर्माता दिनेश दर्शनधारीले फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताए । ‘फिल्म राम्रो बनेको छ’, उनले भने, ‘दर्शकहरुले यो फिल्मलाई साथ दिनुहुनेछ भन्ने पुर्ण विश्वास छ ।’

आफ्नो फिल्मले नेपाली फिल्म उद्योगमा चलिरहेको ट्रेण्डलाई समेत बदल्ने उनको भनाई थियो । ‘प्राय नेपाली फिल्महरु ब्जेट देखि लिएर हरेक कुरामा कम्प्रोमाइज गरेर बनाइरहेको जस्तो देखीन्छ , तर यस फिल्ममा कुनै कुराको कम्प्रोमाइज गरिएको छैन र यसले नेपाली फिल्मको स्तरीयतालाई बदल्ने छ’ उनले भने । जसका कारण फिल्म नेपालकै महंगो बनेको उनको दाबि छ ।

फिल्ममा राजेश हमाल, श्रेया कार्की बाहेक शिव श्रेष्ठ, रविकर घिमीरे लगायतको अभिनय रहेको छ । फिल्मलाइ साउथ इण्डीयन फिल्ममा निर्देशक सन्नी केरलाले निर्देशन गरेका ह’न् भने दिनेश दर्शनधारी र विजय सत्याल यसका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्