‘क्लासिक’मा आर्यन जब आफ्नै जीन्दगीदेखि हारे…(हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । प्रेम दिवसलाई टार्गेट गर्दै माघ २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘क्लासिक’को मार्मिक गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बुको स्वरमा युवराज चौलागाईले गाएको ‘हारें हारें’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यो गीतलाई निर्देशक दिनेश राउतले लेखेका हुन् ।

रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङमा छन् । दृष्टिविहिनको प्रेम कथामा आधारित यो फिल्ममा आर्यन र नम्रता दुवै दृष्टिविहिनको भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्ममा निर्माता सुवास गिरी र आर्यनको संयुक्त लगानी रहेको छ ।
हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्