भिषणको ‘पुर्णिमाको जुनजस्तो तिम्रो मुहार’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । गायक भिषण मुकारुङले गाएको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पुर्णिमाको जुन जस्तो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
jun jastoप्रेम दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको यो गीत प्रेमिल जोडीहरुका लागि सान्दर्भिक हुनसक्छ । यतिवेला हरेकलाई आफ्नो प्रेमि–प्रेमिका ‘पुर्णिमाको जुन जस्तो’ लाग्न सक्छ । गायक मुकारुङ स्वयम्ले संगीत गरेको गीतको शब्द भने अञ्जान किरातीले लेखेका हुन् । गीतको भिडियो निर्देशन र सम्पादन पछिल्लो समय चल्तीमा रहेको निर्देशक विज्ञान राईले गरेका हुन् । ‘एउटा सत्य’ एल्बममा समावेश यस गीतको भिडियोमा योगेन्द्र राई र सुष्माले अभिनय गरेका छन् ।

हेर्नुस् गीत :

प्रतिक्रिया दिनुहोस्