चिरन्जिवीको गीतमा रञ्जन र खुशिको प्रेम



रंग खबर, काठमाण्डौं । गायक चिरञ्जिवी भण्डारीको ‘म भन्छु यो गर’ बोलको गीतको भिडियो छायांकन गरिएको छ । चर्चित हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह स्टुडियोमा भिडियो छायांकन गरिएको थियो ।
ranjan and khusiभिडियोमा काठमाण्डौंका रमणीय स्थलका दृश्यहरु समेत कैद गरिएको गायक भण्डारीले बताए । ‘यो गीतले दर्शकमाझ चिनाउने आशा लिएको छु,’ गायक भण्डारीले यो गीतलाई आफ्नो महत्यकांक्षी प्रोजेक्ट भने । युवराज बाईवाले निर्देशन गरेको यो गीतको भिडियोमा मोडल रञ्जन अर्याल र खुशी भण्डारीले अभिनय गरेका छन् । भिडियोले प्रेमकथा बोल्ने निर्देशक बाईबाले बताए ।
chiranjibiउत्सव दाहालले खिचेको भिडियो हप्तादिन भित्रै सार्वजनिक गरिने तयारीमा रहेको गायक भण्डारीले जानकारी दिएँ । पुष्कर सुनुवारको म्यूजिक एरेन्ज रहेको यो गीत गीतकार शंकर कँडेलको एल्बम ‘सान्नानी’मा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्