ज्योती मगरको नयाँ गीत ‘कालाबजारी’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं ।

‘लुकी लुकी गर्छौ दिलको कालाबजारी
दुनियाँको दिल चोरेर भर्दै छौ भकारी’
यस्तै–यस्तै शब्द रहेको गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । ‘कालाबजारी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा उनीलाई गायक प्रकाश थापाले स्वरमा साथ दिएका छन् ।

पुष्कर सुनुवारको शब्द र संगीत रहेको गीतलाई शितल कदम्बिनीले लेखेका हुन् । गीतको रेकर्डिङ भिडियो तयार पारिएको छ । भिडियोलाई ओम प्रसाईले खिचेर सम्पादन गरेका छन् ।

हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्