रेवतको ‘चार धाम घुमी आएँ’मा यस्ती देखिइन् निता (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । गायक रेवत राईको ‘चार धाम घुमी आएँ’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीत उनको पहिलो एल्बम ‘इमर्ज’मा समावेश छ
rewat finalदिनेश डिसीको निर्देशनमा बनेको भिडियोमो अभिनेत्री निता ढुंगानाले अभिनय गरेकी छिन् । उनीसँगै अनुप योङचर राई र माधव पण्डित पनि भिडियोमा देखिएका छन् । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोको सम्पादन नकुल खड्काले गरेका छन् । गीतकार वीरेन्द्र राईले लेखेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । राजन इशानले गीतको एरेन्ज गरेका छन् ।

पछिल्लो समय गायक राई संगीतकारका रुपमा पनि परिचित भइरहेका छन् । उनी विभिन्न प्रकारका भाषिक तथा सांस्कृतिक गीतहरू गाएर पनि लोकप्रिय छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्