यो शुक्रबार ‘के म तिम्रो होइन र’ पर्दशनमा | यो बर्षकै सर्वाधिक ७५ हल पायो



रंग खबर, काठमाडौँ ।  फिल्म ‘के म तिम्रो होइन र’ आजबाट अल नेपाल पर्दशनमा आएको छ । बलिउडका कुनै पनि फिल्म रिलिज नहुनाले ‘के म तिम्रो होइन र’ले अल नेपाल यो बर्षकै सर्वाधिक ७५ हल पाएको फिल्मका निर्देशक आकाश अधिकारीले बताएका छन् । फिल्म मल्टिप्लेक्स र सिंगल स्क्रिनमा रिलिज हुने छ । उसो त उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘कोहिनूर’ले जम्मा ६५ हल पाएको थियो ।k-ma-timro-hoina-ra

पछिल्नो समय  ट्रेलर र गीत-संगीतका कारण फिल्म चर्चामा रहेको छ । एक्सन र प्रेमको मिश्रण रहेको यो फिल्ममा आर्यन अधिकारी र मरिष्का पोखरेल प्रमुख भुमिकामा छन् । उनीहरु दुवैले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । अधिकारी ब्रदर्सको ब्यानर र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो फिल्मलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।

फिल्म रिलिज हुनु २ दिन पुर्व निर्माण युनिटले प्रताप दासको स्वर, आकाश अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘म भए पागल’ बोलको गीत रिलिज गरेको थियो ।

Watch song here:-

                                

प्रतिक्रिया दिनुहोस्