रीमालाई कसले भन्दैछन् ‘सरन माया यता अलिकति’ ? (भिडियो)



रंग खबर, काठमाण्डौं । हालैमात्र अभिनेत्री करिश्मा मानन्धरसँग ‘आइदेउ तिमी…’ भन्दै टेलिभिजनको स्क्रीनमा देखिएका गायक कुसल थलङ लिम्बूले आफ्नो सिंगल ट्रयाकको भिडियो सार्वजनिक गरेका छन् ।
reema biswokarmaपछिल्लो समय गायनसँगै मोडलका रुपमा समेत चर्चा बटुलिरहेको कुसलले ‘सरन माया यता अलिकति…’ बोलको आफ्नो लोकआधुनिक गीतको भिडियोलाई विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका कुसलले यो पछिल्लो आफ्नो भिडियोमा भने अभिनेत्री रिमा विश्वकर्मा र मधुसुदनलाई अभिनय गराएका छन् ।

दिपेन्द्र केसीले निर्देशन गरेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजबाबु श्रेष्ठको शब्दरचना तथा राजनराज सिवाकोटीद्वारा संगीतबद्ध ‘सरन माया…’लाई कुसलले आफ्ना अघिल्ला गीतहरुभन्दा फरक स्वादमा गाएका छन् । श्रोता तथा दर्शकले यस गीतमा फरक स्वाद पाउँने उनले बताए ।
दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेका कुसलको ‘सिन्दुर भर्नु एउटा कुरा’, ‘ऋतु राम्रो बसन्तले’, तिम्रो रुपभन्दा पर’जस्ता गीत चर्चित छन् । गायनसँगै मोडलिङमा व्यस्त हुँदै आएका कुसल भन्छन्, ‘म गायक नै हुँ, मोडलिङ रुचि मात्र हो ।’
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्