धुर्मुस सुन्तलीलाई रेखा र राज बल्लभका सहयोगी हात



रंग खबर,काठमाडौँ । धुर्मुस-सुन्तली ०७२ साल बैशाख १२ गते आएको विनासकारी भुकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पून: निर्माण गर्ने क्रममा यति बेला सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्ति निर्माणको कार्यमा हातोमालो गरिरहेका छन् । यो सहयोगी हातहरुले यो भन्दा पहिले काभ्रेमा ‘पहरी’ नमुना बस्ति पनि निर्माण गरिसकेको छ । ६५ परिवारको घरधुरी रहेको गिरानचौर बस्तीलाई नमुना बस्तिमा रुपान्तरण गर्न करिब ४ करोड माथि लाग्ने अनुमान गरिएको छ । बस्ति निर्माणको कार्य अघि बढ्दा सम्म पनि न्यून रकम सहयोग पाएको धुर्मुस-सुन्तली फाउण्डेशनले अन्तत नेपाली कलाकारको पनि सहयोग पाउन थालेको छ ।

12688055_442981915900765_4568828712028271822_n

सर्वप्रथम एकजना हास्य कलाकारले मात्र सहयोग गरेको बताउने धुर्मुस-सुन्तली फाउण्डेशनकि कोषाअधक्ष्य कुन्जना घिमिरे ‘सुन्तली’ लाइ ठुलो पर्दाकी कलाकार रेखा थापाले सहयोग गरिन । सुन्तलीकै अफिसमा गएर १ लाखको चेक हस्तान्तरण गर्दै रेखाले ठुलो पर्दाको कलाकारको सहयोग खाता खोलिन । रेखा भुकम्प पिडितका निमित्त पहिले देखिनै खटिदै आएकी छिन । सामाजिक कार्यको कुरा गर्दा ठुलो पर्दाको कलाकारमा रेखा थापाको नाम अगाडी आउने गर्छ ।

rekha and suntali

रेखाबाट सुरु भएको सेलिब्रेटी सहयोगमा अब अभिनेता राज बल्लभ कोइराला पनि अघि सरेका छन् । हाल अमेरिकामा रहेका राज बल्लभले फेसबुकमा स्टाटस राख्दै १ लाख १ हजार सहयोग घोषणा गरेका छन् । उक्त रकम धुर्मुस सुन्तलीको हातमा २ दिन भित्रमा पर्ने राज बल्लभले लेखेका पनि छन् । राज बल्लभले अरु पनि सहयोगीहरुले सहयोग गर्न अपिल समेत गरेका छन् ।

13221455_481009362098020_4021442507149345706_n

राजनीतिक दलहरुले गर्न नसकेको काममा नेपाली कलाकारहरुको हातेमालो अघि बढ्दै छ । अहिले सम्म प्रतक्ष्य रुपमा धुर्मुस-सुन्तलीलाइ सहयोग रेखा थापा, राज बल्लभ कोइराला, लगाएतका कलाकारले मात्र गरेका छन् । तर धुर्मुस-सुन्तलीलाई रेखा र राज बल्लभको जस्तै अन्य कलाकार र नेपालीहरुको सहयोग र साथ चाहिएको छ ।

प्रतिक्रिया दिनुहोस्