हनुमाने र मंगलीको रोमान्स राफ्टिङ्मा (भिडियो सहित)



रंग खबर,काठमाडौँ | चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् । लोकप्रिय टेलीफिल्म मेरी बास्सै बाट चर्चामा आएका यो जोडी पहिलो पटक एकै साथ म्युजिक भिडियोमा देखिएका हुन् । मेरी बास्सैमा यी दुइ पति-पत्नीको भूमिकामा थिए । हैट ! बोलको थेगोले चर्चाको शिखरमा पुगेका कलाकार बुद्धि तामाङ कबड्डी चलचित्र संगै व्यस्त बनेका हुन् । पछिल्नो पटक बुद्धि ‘छक्का पन्जा’मा पनि देखिदै छन् ।

13335330_860591074051161_1502413705_n

गायक बिकास उप्रेतीको ‘राफ्टिङ् चढेर’ बोलको यस म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङको अलवा राजु तामाङ र बिकास पौडेल (अष्ट्रेलिया)ले छायांकन गरेका हुन् । किरण भण्डारीको रमाईलो शब्द संगीतमा भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । भिडियोलाइ पोखरा र काठमाडौँको बिचमा पर्ने गोरखाको छेपेटार वरपर छायांकन गरिएको हो ।

हेर्नुस भिडियो:-

 

प्रतिक्रिया दिनुहोस्