फ्राईडे रिलिज : नेपाली ‘कालो पोथी’सँगै बलिउडको ‘हाउसफुल ३’



रंग खबर, काठमाडौँ | यो हप्ता नेपाली पर्दामा दुई नेपाली फिल्म ‘कालो पोथी’ र ‘छेस्को’ अनि बलिउडको ‘हाउसफुल ३’ पर्दशनमा आएका छन् । ‘कालो पोथी’ र ‘हाउसफुल ३’ अहिलेका प्रतिक्षित फिल्म हुन् । यी दुइ फिल्मले सिंगल र मल्टीप्लेक्स बाड्नेछन । भने ‘छेस्को’ केहि हलहरुमा पर्दशन हुनेछ । यी फिल्मको जानकारी बिस्तृतमा हेर्नुस ।

Capfriday

‘कालो पोथी’: ७२ औं भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा ‘इन्टरनेसनल क्रिटिक्स विक’ अवार्ड् जितेको फिल्मलाइ मिन बहादुर भामले निर्देशन गरेका हुन् । कर्णाली भेग, मुगुका दुइ बालकको द्वन्दकालिन मित्रतालाइ प्रस्तुत गरिएको फिल्ममा खड्गराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हन्सा खड्का, वेनिशा हमाल, नन्द प्रसाद खत्री, विपिन कार्की र प्रियंका खतिवडाको मुख्य भूमिका रहेको छ । फिल्मको कथा मिन बहादुर भाम, अविनाश बिक्रम शाह, सन्तोष भट्टराई र कुशंग राइले लेखेका हुन् । जसोन कुनवारको संगीत रहेको फिल्ममा आनी छोईइं डोल्माले स्वर दिएकि छिन । बुधबार गरिएको गाला प्रिमिएरमा फिल्मलाई सुखद समिक्षा मिलेको थियो । ३ करोड ८५ लाख खर्चिएको फिल्मले कस्तो व्यापार गर्छ, त्यो त हप्तादिन पछि पत्ता लाग्नेछ ।

kalopothi_20x10_wide_poster_1

 

‘हाउसफुल ३’: अक्षय कुमार स्टारर फिल्म बलिउडको प्रतिक्षित हो । यसअघिका सिरिजले बक्स अफिसमा राम्रो व्यापार गर्दै दर्शकको मन जितेका कारण ‘हाउसफुल ३’ प्रतिक्षित भएको हो । फिल्ममा अक्षय संगै रितेश देशमुख , अभिषेक बच्चन , ज्याक्लिन फर्नान्डिज , नगरिस फाकरी, लिजा हेडेनको अभिनय रहेको छ । कमेडी जनराको फिल्मलाइ साजिद फरहादले निर्देशन गरेका हुन् । ८५ करोड खर्चिएको फिल्मलाई साजिद नाडियावालाले निर्माण गरेका हुन् ।

3561_1461328842_Housefull-3--1

‘छेस्को’: स्वघोषित पोर्नगर्ल अर्चना पनेरु स्टारर पहिलो फिल्म ‘छेस्को’मा अर्चनालाइ नवनायक राजन कार्कीले साथ दिएका छन् । सुरेश थापाले निर्देशन गरेको फिल्ममा सुरज प्रधानले लगानी गरेका छन् । पहिलेनै छायांकन सकिएको फिल्मलाई सम्पादन गरेर पोर्नगर्ल अर्चना पनेरुलाई हालिएको हो । अर्चनालाइ लिएकै कारण ‘छेस्को’ आलोचित भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्