रहेनन् अब वरिष्ठ संगीतकार अम्बर गुरुङ



रंग खबर, काठमाडौँ | वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । उपचारका क्रममा काठमाडौँ स्थित ग्राण्डि अस्पतालमा आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

Amber-Gurung

नेपाली राष्ट्रिय गानका संगीतकार ७९ बर्षका थिए । गुरुङको जन्म विसं १९९४ साल फागुन १४ गते ( सन् १९३८ फेब्रुअरी २६) भारतको दार्जीलिङमा भएको थियो । उनले सन् १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्