बसन्त सापकोटाको स्वरमा ‘क्यारम त नि’ (भिडियो सहित)



रंग खबर, काठमाडौँ | संगीतकार बसन्त सापकोटाले ‘क्यारम त नि’ बोलको गीतमा स्वर दिएका छन् । गीतमा संगीत दिएर सबैको मन मस्तिष्कमा बस्न सफल बसन्त अब स्वर मार्फत दर्शकको मन जित्ने दाउमा छन् । बसन्तले नेपाली फिल्मीगीतमा संगीत भरेर एक किसिमको उचाइ लिईसकेका छन् ।कमेडी रोमान्टिक टाइपको ‘क्यारम त नि’ बोलको गीतमा बसन्त स्वयमले संगीत भरेका छन् ।

13388885_1053840341363193_1674337929_o

अहिलेका व्यस्त भिडियो मेकर दिपेन्द्र केसी निर्देशित ‘क्यारम त नि’मा अहिलेका चर्चित मोडल तथा अभिनेता पल शाह र नेपाली सिनेमाकी चर्चित अभिनेत्री नीता ढुंगाना संगै दर्जन कोरसहरुको फिचरिंग रहेको छ । उक्त गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

13410362_1053840344696526_1280351955_o

क्यारम त नि गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् । यसै गीत मार्फत नेपाली सांगीतिक उद्धयोगमा पुनरागमन भएको कालिन्चोक डिजिटल यसअघी कालिन्चोक क्यासेट सेन्टरको नामले प्रख्यात थियो भने सयौं हिट लोक गीतहरु दिईसकेको छ ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया दिनुहोस्