सलमान र आमिरको रेस्लर रुप पछि रणवीरको ‘बेफिक्रे’ लुक



रंग खबर, काठमाडौँ | सलमान खान र आमिर खानका यो साल फिल्म ‘सुल्तान’ र ‘दंगल’ आउदैछन् । र यी फिल्मका लागि तयार गरेको उनीहरुको कसिलो शरीरले यतिबेला सबैको ध्यान खिचिरहेको छ । उनीहरुको लोभलाग्दो शरीरनै हेर्न भएपनि धेरै दर्शक हल आउने अड्कल काटिएको छ । यो त भयो सलमान र आमिरको कुरा तर अब रणवीर सिंहलाइ पनि उनको भयानक शरीरमा फिल्म ‘बेफिक्रे’मा देख्न पाइने भएको छ । केहि समय अगाडी देखि किस सिनका कारण अत्याधिक चर्चामा रहेको आदित्य चोपडा निर्देशित फिल्म ‘बेफिक्रे’का लागि रणवीरले यस्तो ज्यान बनाएका हुन् ।

ranveer befikre look

फिल्ममा रणवीर संगै वाणी कपूरको मुख्य भूमिका रहेको छ । २०१६ को प्रतिक्षित फिल्म ‘बेफिक्रे’ डिसेम्बर ९ मा रिलिज हुनेछ ।

aamri-and-salman-in-reslar-gateup

प्रतिक्रिया दिनुहोस्