संगीतकार विकास चौधरीले दिए निःशुल्क संगीत शिक्षा



रंग खबर, काठमाण्डौं । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् ।
bikash chaudhariबुधवार धान दिवसको अवसर पारेर काठमाडौँ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुँदाहुँदै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु । त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो निःशुल्क कार्यक्रम ल्याएको थिएँ । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधैँ सोच्छु ।’
bkasssकार्यक्रममा गायक तथा संगीतकार विमल श्रेष्ठ र फिल्म निर्माता नरेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो । फिल्म निर्देशक ओम प्रतिक, गायिकाद्धय सविना केसी, सहिमा श्रेष्ठ लगायत कार्यक्रममा सहभागी थिए । सोहि अवसरमा सहभागीले दही चिउरा खाएर धान दिवसको शुभकामना आदान–प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्