पुष्कर र मेलिनाको ‘दिन अनि रातमा’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । गायक पुष्कर सुनुवार र गायिका मेलिना राईको स्वर रहेको ‘दिन अनि रातमा तिमी नै तिमी’ बोलको युगल गीत सार्वजनिक भएको छ । पुष्कर स्वयमको संगीत र एरेन्ज रहेको यो मधुर गीतले प्रेमभाव झल्काउँछ ।
pushkar and melina raiशंकर अधिकारीको शब्द रहेको गीतको भिडियोमा ‘भद्रगोल’की अभिनेत्री रक्षा श्रेष्ठले अभिनय गरेकी छिन् । उनलाई रवीले साथ दिएका छन् । अजय रेग्मीले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेको छन् । भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन् ।

गीतकी गायिका मेलिना पछिल्लो समय पाश्र्व गायनमा जमिरहेकी छिन् भने आधुनिक गायनमा सम्भावना बोकेका गायक हुन् पुष्कर । तर, उनी गीत एरेन्जरका रुपमा बढी परिचित छन् ।

हेर्नुस् गीत :

प्रतिक्रिया दिनुहोस्