स्टेजमा राजेशपायलको समाजसेवी रुप : मृगौलापिडितलाई ५० हजार सहयोग



रंग खबर, काठमाण्डौं । शुक्रवार राजधानी जमलस्थित राष्ट्रिय नाँचघरमा ४४ वर्षिया मृगौला रोगी ललिता सुब्बा (चाम्लिङ)को सहयोगार्थ वृहत सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । थुप्रै गायक–गायिका प्रस्तुतिका लागि सहभागी थिए ।
rajesh 2कार्यक्रममा गायक राजेशपायल राई अरुभन्दा फरक देखिए । स्टेजमा उनी ‘फेरी फेरी नाई नभन्नु ल’ बोलको गीत गाउँदै इन्ट्री भएका थिए । त्यसपछि दर्शकले उनीबाट अर्को प्रस्तुतिको अपेक्षा गरिरहेका थिएँ । तर, उनले प्रस्तुतिलाई रोके । मृगौला पिडित सुब्बालाई उनले स्टेजमा बोलाए । र, ५० हजार रुपिँयाको चेक सहयोग स्वरुप हस्तान्तरण गरे ।

राजेशपायलको गायन क्षमताबाट प्रभावित दर्शक उनको समाजसेवी भावनाबाट झन प्रेरित भइरहेका थिए । गड्गडाहट तालीले कार्यक्रम हलको माहोल गुञ्जिएको थियो ।

हिलटोन म्युजिक सेन्टर प्रा.लीले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमबाट संकलन भएको ५ लाख २ हजार रुपिँया रकम हिलटोन म्युजिक सेन्टर प्रा.लीका अध्यक्ष तथा गायक रुपकुमार राईले मृगौला पिडित ललितालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायक रामकृष्ण ढकाल, हास्य अभिनेता गणेश इशारा, गायिका मेनुका राई, प्रविण राई लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
rajesh 2सबैभन्दा अन्तिममा स्टेज चढेका राजेशपायलले दुईटा गीतमात्र गाउने तयारी गरेका थिए । तर, दर्शकको जोडदार मागका सामु उनको केही लागेन । सामाजिक कार्यक्रम भएकाले डान्सिङ नम्बर गीत नगाउने बताइरहेका उनी ‘दर्शन नमस्ते’ गाउन बाध्य भएको थिए । प्रस्तुतिका क्रममा राजेशपायलले आफ्नो कोट पनि खोलेका थिए । प्रस्तुतिका क्रममा राजेशपायलसँग नाच्न स्टेजमै फ्यानहरु चढेका थिए । एक युवती फ्यान त राजेशपायलले अंकमाल गर्नसाथ खुशीले अनियन्त्रित देखिइन् । कार्यक्रममा राजेशपायलले दर्शकलाई मनोरञ्जन, ललितालाई सहयोग रकम दिएर सबैको मन जिते ।

हेर्नुस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्