हलिउड फिल्म ‘द जंगल बुक’ले इंडियामा पुरा गर्यो १०० दिन |अरु २५ हलमा हुनेछ रिलिज



रंग खबर, काठमाडौँ | हलिउड फिल्म ‘द जंगल बुक’ले इंडियामा पर्दशनको १०० दिन पुरा गरेको छ । यो संगै भारतीय बक्स अफिसमा २६०.२८ करोड ग्रस आम्दानी गर्दै ‘द जंगल बुक’ इंडियामा सर्वाधिक कलेक्सन गर्ने हलिउड फिल्म बनेको छ | फिल्मको नेट कलेक्सन भने १८७.४० करोड हुन आउछ । शनिबार ‘द जंगल बुक’ले भारतका १५ ओटा हलमा आफ्नो एतिहासिक १०० पुरा गरेको हो ।

16_07_2016-junglebook1

‘द जंगल बुक’ अमेरिकामा रिलिज हुनु पूर्व एक हप्ता अगाडीनै रिलिज भएको थियो । जोन फेभरिउ निर्देशित ‘द जंगल बुक’ दर्शकका मागका कारण यो साता देखि अन्य २५ पर्दामा रिलिज हुनेछ । फिल्ममा प्रमुख पात्र ‘मुग्लि’को रुपमा निल सेठीले अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्