‘कबाली’को धमाकेदार ब्यापार | तैपनि तोड्न सकेन बाहुबलीको रेकर्ड



रंग खबर, काठमाडौँ | साउथ सुपरस्टार रजनिकान्त अभिनित फिल्म ‘कबाली’ले घरेलु बक्स अफिसमा धमाकेदार ब्यापार गरेको छ । रिलिजको पहिलो दिन ४८.९५ करोड कमाएको फिल्मले ‘बाहुबली’को रेकर्ड तोड्न सकेन । ‘बाहुबली’ले पहिलो दिन घरेलु बक्स अफिसमा ५०-५१ करोड बिचको कलेक्सन गरेको थियो । फिल्मले पहिलो दिन तमिलनाडूमा मात्र २१ करोड को कलेक्सन र हिन्दी भर्सनमा ५.२० करोड कमाउन सफल भयो ।

kabali-bahubali-bo

‘कबाली’ले दोस्रो दिन ३० करोडको ब्यापार गर्दै कुल कलेक्सन ७८.९५ पुर्याएको छ । फिल्मले पहिलो विकेन्डमा सय करोड पार गर्ने अनुमान गरिएको छ । फिल्मका निर्माताले आफ्नो फिल्मले पहिलो दिन २५० करोड भन्दा माथिको कलेक्सन गर्ने दाबी गरेका थिए । तर फिल्मले राम्रो ब्यापार गरेपनि ५० करोड पनि कटाउन सकेन । फिल्म विश्वभर ८००० भन्दा बढी हलबाट प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्