पाकिस्तानी क्रिकेटलाई पर्दामा उतारेपछी, पाकिस्तानमा ‘ढिशुम’ ब्याण्ड



रंग खबर, काठमाडौँ | बलिउड फिल्म ‘ढिशुम’ अन्तत रिलिज भैसकेको छ  । तर  विश्वब्यापी रिलिज भएको फिल्मलाई पाकिस्तानमा भने ब्याण्ड गरियो । फिल्ममा भारतीय र पाकिस्तानी क्रिकेटको बिषयबस्तु उठान गरिएको छ । भारतीय टप ब्याट्सम्यानलाई पाकिस्तानी क्रिकेट फ्यानले अपहरण गरेको देखाइएको छ । तर त्यो फ्यान नभएर एक कलाकार भएको पछी खुलाईन्छ, त्यो कलाकारलाई एक खलपात्रले पाकिस्तानी क्रिकेटको पागल फ्यानको अभिनय गर्न लगाएर अपहरणको भिडियो शुट गरेको हुन्छ ।

pakistan-31-1469940411

फिल्ममा बिराज नामका ब्याट्सम्यानको  पाकिस्तान र भारतको फाइनल खेल सुरु हुनु भन्दा ३६ पहिला अपहरण गरिएको हुन्छ । पाकिस्तान र भारत बीचको फाइनल खेलमा बिराज नामका ति ब्याट्सम्यानलाई खेल्न नदिनलाई गरिएको सघर्ष फिल्ममा देखाइएको छ । यिनै कारणले गर्दा पाकिस्तानमा ‘ढिशुम’को ब्याण्ड गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्