सबिनले रेखालाई डेब्यु गराउदै | ‘हिरो रिटर्न्स’ रेखाको पहिलो सिक्वेल



रंग खबर,काठमाडौँ | नायक सबिन श्रेष्ठले निर्माण गर्ने फिल्म ‘हिरो रिटन्र्स’को मंगलबारबार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ, दिल श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारको अभिनय रहनेछ । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा पाइला टेकेकी रेखाको १५ बर्षे करियरमा ‘हिरो रिटर्न्स’ सम्भवत पहिलो सिक्वेल हुनुपर्छ । रेखाले १५ बर्षे करियरमा सयौ फिल्म खेलिरहदा कहिले पनि फिल्मको सिक्वेलमा काम गरेकी थिइनन् । र यो अवसर उनकै पहिलो फिल्मको सिक्वेलमा जुरेको छ । ‘हिरो रिटर्न्स’मा सरोज खनाल खलपात्रको भूमिकामा देखिदै छन् ।

IMG_9573

पछिल्नो पटक पर्दामा निकै जमिरहेको सबिन र रेखाको जोडी फिल्म ‘अन्दाज’बाट सुरु भएको थियो । होम प्रोडक्सन बाहेक बाहिरको फिल्म नखेल्ने घोषणा गरेकी रेखाले ‘हिरो रिटर्न्स’ चाहि सबिनको मन छुने प्रस्तावले गर्दा सहमत भएको बताइन | फिल्मलाई आशिष भेटवालले निर्देशन गर्नेछन । आगामी नयाँ बर्षमा रिलिज गरिने लक्ष्यका साथ फिल्मको छायांकन काठमाडौँ, बिरगंज र हेटौडामा हुनेछ । कमेडी एक्सन जनरामा बन्ने फिलममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्