मल्टीस्टारर ‘वीर विक्रम’: अभिनयमा रुचाइएका अभिनेताहरुमा कसको होला त चर्चा ?



रंग खबर, काठमाडौँ | फिल्म ‘वीर विक्रम’ भदौ ३ मा दर्शकमाझ आउन तम तयार छ । प्रेसमिटमा निर्माण युनिटले अर्ग्यानिक फिल्म भनेर दिइएको अभिव्यक्ति, गित संगीत, फ्रेस लोकेशन र अभिनयमा रुचाइएका कलाकारहरुको बर्चश्वले गर्दा ‘वीर विक्रम’ यति बेला चर्चामा रहेको छ ।

CYMERA_20160808_130338

उसो त ‘वीर विक्रम’ फिल्म ‘चपली हाइट २’ संगको जुधाईले पनि चर्चामा छ । निर्देशक मिलन चाम्स ‘वीर विक्रम’को कन्टेन्टलाई फिल्मको मेरुदण्ड मान्छन । तर फिल्मको ट्रेलर हेर्दा मज्जाले अनुमान लगाउन सकिन्छ कि फिल्ममा अभिनयको प्रतिस्पर्धा हुनेछ । फिल्ममा दयाहाङ राई, अर्पण थापा, नाजिर हुसेन, अनुपबिक्रम शाही लगाएतका चर्चित कलाकारले अभिनय गरका छन् ।

CYMERA_20160808_130409

 

दयाहाङ राई पछिल्नो समय अभिनयमा अत्याधिक रुचाइएका कलाकार हुन् । दयाहाङ राई प्राय गाउँले युबकको भूमिकामा फिट देखिन्छन । सहरिया ग्यांगस्टरको भूमिकामा देखीए पनि प्राय दयाहाङलाई कमेडी भूमिका मै देख्दै आएका छौ । तर निर्देशकका अनुसार दयाहाङलाई फिल्ममा भिन्न भूमिकामा उतारिएको दाबी गर्छन । कमेडी भूमिकामा रुचाइएका दयाहाङलाई ‘वीर विक्रम’मा रोमान्टिक र स्याड भूमिकामा प्रस्तुत गरिएको छ ।

Capture 2

त्यस्तै प्रत्येक फिल्ममा भिन्न भूमिकामा प्रस्तुत हुदै आएका अर्पण थापा फिल्मका अर्का बलियो पाटो हुन् । अभिनय मन पराउनेहरुको लागि अर्पण थापा प्रिय कलाकार हुन् । धन्दा, मौन, मुखौटा, सुन्तली, बधशाला, छड्के, ब्याच न: १६ जस्ता फिल्ममा अर्पणका भिन्न भूमिका रहेका छन् । अर्पण थापा कमेडी भूमिकामा देखिएको पहिलो चोटी नै भन्नु पर्छ ‘वीर विक्रम’मा । सार्वजनिक ट्रेलरमै सबैको ध्यान खिचिरहेका छन् अर्पण थापा ।

Capture 5

त्यस्तै ‘होस्टेल रिटन्र्स’बाट भित्रिएका कलाकार हुन् नाजिर हुसेन । पहिलो फिल्मबाटै चर्चा बटुलेका नाजिर छोटो समयमै अभिनयमा अब्बल देखिएका छन् । फिल्म ‘जंगे’बाट अझै चर्चा बटुलेका नाजिर ‘वीर विक्रम’को ट्रेलरबाट दर्शकको मन जितिसकेका छन् । अघिल्ना फिल्महरुमा मधेसीको भूमिका निर्वाह गरेका नाजिर ‘वीर विक्रम’मा भने पहाडी युबकको भूमिकामा छन् ।

Capture 3

कलाकार अनुपबिक्रम शाहीको अभिनयको चर्चा यी तीन कलाकारको भन्दा कमै हुने गर्दछ । एक्सन भूमिकामा रुचाइएका अनुपब्रिक्रमलाई ‘वीर विक्रम’मा आफ्नो अभिनय क्षमताले अन्य कलाकारलाई छायाँमा पर्न पक्कै पनि गार्हो पर्नेछ । तर फिल्ममा पाएको भूमिका दमदार रहेको खण्डमा अनुप दर्शकको आखाँमा पर्न सक्नेछन ।

Capture

दिया पुनको लागि ‘वीर विक्रम’ पहिलो फिल्म हो । पहिलो फिल्ममै यति धेरै कलाकारसंग स्क्रीन सेयर गर्न पाउनु दियाको लागि अवसर र चुनौती दुवै रहेको छ । फिल्मका मुख्य कलाकारको अगाडी आफ्नो अभिनय क्षमता देखाउन दिया निकै नै गार्हो पर्ने अनुमान लगाउन सकिन्छ । रियल लाइफमा बोल्ड अवतारमा रम्ने दिया ‘वीर विक्रम’मा गाउँले केटिको भूमिकामा देखिएकी छिन ।

Capture 6

प्रतिक्रिया दिनुहोस्