निशा र दीपा यो तीजमा नेपाली छोरो खोज्दै (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | अभिनेत्री दीपाश्री निरौला र गायिका एवं मोडल निशा सुनारको जोडी यसअगाडि पनि निकै चर्चामा आएको थियो। यी दुइ असाध्यै मिल्ने साथी हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो। तर यो बर्षको तीजमा यो जोडीको कथा अलि बेग्लै छ।

57a85f4819f56

अमेरिकाबाट नेपाल फर्केकी निशाले यो बर्षको तीजमा दीपाश्रीकै लागि गीत गाइन्। विवाह गर्ने उमेर घर्काइसकेकी भनेर सधै चर्चामा रहने दीपाश्रीका लागि निशाले जुन देश बस्ने भएपनि ‘नेपालको छोरो’ चाहिएको भन्दै गीतमा दीपाश्रीका लागि लायकको वर चाहिएको गीत गाएकी हुन्।

57a85f4be759a

‘फ्रेण्डसिप डे’को अवसरमा आइतबार सार्वजनिक भएको गीत पत्रकार डिबी खड्काले लेखेका हुन्। गीत तीजमा युवतीले योग्य वर माग्ने कुरामा केन्द्रित रहेपनि देशप्रेम र संस्कृतिप्रति समर्पित छ। गीतले जातीय विभेदलाई चिर्ने प्रयास गरेको छः
‘बाहुनको होस् कि क्षेत्रीको भन्दिनँ जनजातीको
महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको’

57a85f4ed0125

त्यसैगरी गीतका शब्दले विश्वभर फैलिएर रहेका नेपालीलाइ सम्बोधन गर्ने प्रयास पनि गरेको छ। जुन देशमा बस्ने भएपनि नेपालप्रति माया गर्ने नेपाली हुनुपर्ने गीतमा उल्लेख छः
युकेमा होस् कि अम्रिका, जापानमा होस् जर्मनी
दयालु होस्, मायालु होस्, बुझ्ने होस् मनको मर्म नि

सौन्दर्य भन्ने कुरा नजरपिच्छे फरक हुने कुरा पनि गीतमा अटाइएको छ:
अग्लो होस् कि होँचो होस्, कालो होस् गोरो होस्
जो भएनि मेरो जीवनसाथी नेपालीको छोरो होस्

57a85f4be2dbb

विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन्। शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने अभिनय दीपाश्री र निशाको रहेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीतले यो बर्षको तीजमा धुम मच्चाउने आशा निशाको छ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्