३५औ दिनमा ‘सुल्तान’ले गर्यो ३०० करोड पार|छैन दम ‘बजरंगी भाइजान’को रेकर्ड तोड्ने



रंग खबर, काठमाडौँ | सलमान खान अभिनित ‘सुल्तान’ले घरेलु बक्सअफिसमा ३०० करोडको आकडा पार गरेको छ । यो संगै सलमान खानका दुई फिल्म ३०० करोड क्लबमा ज्वाइन भएका छन् । यसअघि ‘बजरंगी भाइजन’ले घरेलु बक्सअफिसमा ३२०.३४ करोडको ब्यापार गरेको थियो ।

sultans-day-wise-box-office-collections-in-india-00035

‘सुल्तान’ले प्रदर्शनको ३५ औ दिनमा ३०० करोड पार गरेको हो । पहिलो दिन ३६.५४ करोड कमाएको ‘सुल्तान’ले ३५औ दिनमा जम्मा १६ लाखको ब्यापार गर्दै घरेलु नेट ३००.०६ करोड पुर्यायो । ३०० करोड कमाउदा सम्म कलेक्सनमा निक्कै गिरावट आएकाले ‘सुल्तान’को लाइफटाइम कलेक्सन ३०५ करोड भन्दा माथि नपुग्ने फिल्मी पण्डितहरुको अड्कल रहेको छ  । यसरि हेर्दा ‘सुल्तान’ले ‘बजरंगी भाइजान’को रेकर्ड तोड्न असफल हुनेछ ।

‘सुल्तान’लाई वर्ल्डवाइड कलेक्सनमा पनि ‘बजरंगी भाइजान’लाई पछी पार्न हेम्मे पर्ने देखिएको छ । वर्ल्डवाइड ‘सुल्तान’को व्यापार ५८४.०८ करोड रहेको छ भने ‘बजरंगी भाइजान’को ६२६ करोड रहेको छ ।

भारतीय बक्सअफिसमा सर्वाधिक कलेक्सनको रेकर्ड आमिर खान अभिनित ‘पिके’को रहेको छ । ‘पिके’ले भारतमा ३३९.५० र वर्ल्डवाइड ७९२ करोडको ब्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्