निर्माता रोज राणामाथि खुकुरी प्रहार, गम्भीर चोटका कारण ग्राण्डी अस्पतालमा उपचार हुदै



रंग खबर, काठमाडौँ | निर्माता एवं निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । बिबादित फिल्म ‘जय पर्शुराम’ रिलिजका बीच आक्रमण भएको हुदा घटनाले गम्भीर रुप लिने भएको छ । अहिले सम्म घटनाको बारेमा पूर्ण जानकारी आइसकेको छैन।  बानेस्वर प्रहरीका अनुसार २ जना अज्ञात व्यक्तिद्वारा रोज माथि आक्रमण भएको हो । र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

roj rana (1)

साझ सात बजेतिर भएको उक्त घटनामा रोजको हातमा गम्भीर चोट लागेको बताइएको छ । रोज अहिले उपचारका क्रममा ग्राण्डी अस्पतालमा छन् | उनि प्युठान जिल्लाका कांग्रेस पार्टीका क्षेत्रिय सभापति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्