‘रुपकी रानी’को झझल्को दिदै आयो ‘किस्मत २’को ‘उनि आकाशबाट झरेकी अप्सरा’ गित



रंग खबर, काठमाडौँ | फिल्म ‘किस्मत २’को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो पिक्चर हिट’ गीत पछी निर्माण युनिटले ‘उनि आकाशबाट झरेकी अप्सरा’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको कोरियोग्राफी ‘किस्मत’को ‘रुपकी रानी’ प्रभावित छ | गीतमा शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराज शर्मा फिचरिङ छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

Capture  ५

उदितनारायण झाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रहेको छ । छविराज ओझाले निर्माण गरेको ‘किस्मत २’ असोज २१ मा अलनेपाल प्रदर्शन हुदैछ | फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

किस्मत २ गीत: उनि आकाशबाट झरेकी अप्सरा 

 

किस्मत गीत: रुपकी रानी 

प्रतिक्रिया दिनुहोस्