अस्ट्रेलियामा रहेकी प्रजिताले सार्वजनिक गरिन ‘मेरो आँखै राम्रो’ गीत, (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | अष्ट्रेलियामा बस्दै आएकी गायिका प्रजिता गेलालले नयाँ गीत सार्वजनिक गरेकी छिन । ‘प्रजिता ( आइ एम अ ब्युटिफुल गर्ल)’ एल्बममा समावेश ‘मेरो आँखै राम्रो’ बोलको गीतमा प्रजिता स्वयम्को स्वर रहेको छ । गीतमा शुष्मा कार्की, प्रजिता, रबिन र परेशको अभिनय रहेको छ ।
14030938_908397592603842_1334988306_n
जोहेब मानन्धरको शब्द संगीत रहेको गीतमा एरेन्जर राहुल प्रधानको रहेको छ । अमृत सुनुवारले खिचेको भिडियोलाई सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । भिडियोको निर्देशन पासाङ योन्जन लामाले गरेका हुन् ।
14017769_908397585937176_554824344_n
प्रजिताले  सन् २०११ मा पहिलो एल्बम ‘स्टील लभिङ यू’ ल्याएकी थिइन । एल्बममा रहेको ‘चञ्चल चञ्चल’ बोलको गीत धेरैले रुचाएका थिए । त्यसपछि ‘झुमीझुमी’ ल्याइन जसको शिर्ष गीत पनि राम्रै चल्यो । त्यसपछि आफ्नै नाममा ‘प्रजिता’ एल्बम ल्याएकी थिइन् ।नेपाली गीत संगीतमा केहि गर्ने भावना बोकेकी प्रजिताले ‘प्रवासमा रहेपनि मन मरे नेपालमै हुन्छ, नेपाली संगीतमै हुन्छ,’ भनिन्।
14054857_908397565937178_1929823575_n
Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्