प्रणव र इन्दिराले सुरु गरे ‘एनम्याग टिभी’ नामक युट्युब च्यानल, पहिलो भिडियो यस्तो छ हेर्नुस



रंग खबर, काठमाडौँ | फिल्म ‘रेशम फिलिली’का निर्देशक र गायिका इन्दिरा जोशीले मिलेर अनलाईन टिभी शुरु गरेका छन् । ‘एनम्याग टिभी’ नाम गरिएको युट्युबममा  च्यानल उनीहरुले शुरु गरेका हुन् । उत्कृष्ट मनोरञ्जन र सुचना प्रदान गर्ने उद्धेश्यले च्यानल शुरु गरेको उनीहरुले बताएका छन् ।

14030981_908637485913186_108643777_n

‘च्यानलमा हामी विभिन्न मनोरञ्जनात्मक शोहरु राख्नेछौं,’ निर्देशक जोशीले भने, ‘पाँचवर्षभित्रमा हामी एनम्यागलाई दर्शकको च्यानल बनाउन चाहन्छौं ।’ गायिका जोशीले च्यानल विशुद्ध कलाका लागि संचालन गरेको बताइन् । ‘यो च्यानलमा तपाईंले केही रमाइला, केही वाइल्ड र केही प्रेरणादायी चिजहरु देख्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘यही च्यानलबाट म चाँडै मेरो नयाँ गीत ‘गलफ्रेण्ड’ सार्वजनिक गर्दैछौं ।’

Watch Here Video:-

 

प्रतिक्रिया दिनुहोस्