जण्डिसका कारण ४२ बर्षको उमेरमा चर्चित गायक खेमराज गुरुङको निधन



रंग खबर, काठमाडौँ | चर्चित गायक खेमराज गुरुङको निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ । जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो ।

khemrajgurungaalutama1nj9

चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो ।थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो ।

‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’, ‘भन्छन बुढापाकाले’ जस्ता चर्चित गीत गएका गुरुङले जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निकालेका थिए |

 

प्रतिक्रिया दिनुहोस्