२०१७ मा शाहरुखका तीन फिल्म | गर्नुपर्नेछ तीन ठुला फिल्म संग प्रतिस्पर्धा



रंग खबर, काठमाडौँ | २०१५ मा शाहरुख खान अभिनित ‘दिलवाले’ ‘बाजिराव मस्तानी’संग प्रदर्शनमा आएको थियो । सुपरस्टार काजोल र शाहरुख खान अभिनित ‘दीलवाले’ले संजयलिला भन्साली निर्देशित ‘बाजिराव मस्तानी’लाई बक्स अफिसमा पछार्ने धेरैको अड्कल थियो । तर उल्टो भैदियो, रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा अभिनित ‘बाजिराव मस्तानी’ ‘दीलवाले’ भन्दा एक कदम अगाडी निक्लेर सबैलाई चकित तुल्याइदियो । अर्थात् यो भिडन्तमा ‘बाजिराव मस्तानी’को जीत भयो ।

22-1466600258-28-1464433999-srk2-25-1472132346

यो साल प्रदर्शनमा आएको शाहरुख खानको दोहोरो भूमिका रहेको ‘फ्यान’ बक्स अफिसमा नराम्ररी पिटियो, अर्थात फिल्म सुपरफल्प । यसरि धर्मराइरहेको शाहरुखको करियर आगामी सालमा केहि उठ्न सक्ने अड्कल गरिएको छ । तर त्यसका लागि शाहरुखले निक्कै ठुलो चुनौतीको सामना गर्नु पर्नेछ । किनकी बर्ष ०१७ मा शाहरुख अभिनित तीन फिल्म प्रदर्शनमा आउने चर्चा छ । आगामी बर्ष भरि छाउने तरखरमा रहेका शाहरुखका यी फिल्मले अन्य तीन फिल्म संग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

02-1454410614-raees-25-1472131180

शाहरुख VS ऋतिक: सालको  सुरुवातमै शाहरुखले ऋतिक रोशनसंग प्रतिस्पर्धा गर्ने लगभग फाइनल भैसकेको छ । जनवरी २६ शाहरुखको ‘रईस’ र ऋतिकको ‘काबिल’ले टक्कर गर्नेछन् । यो भिडन्त हेर्नलायक हुनेछ । किनकि ऋतिक अभिनित पछिल्नो फिल्म ‘मोहेंजो दारो’ असफलताको ह्यांगओभर ‘काबिल’बाट उतार्न चाहन्छन । त्यस्तै शाहरुख पनि धर्मराउदै गरेको करियरलाई ‘रईस’बाट उठाउन चाहन्छन । ऋतिकको ‘मोहेंजो दारो’ अक्षयको ‘रुस्तम’ संग जुधेर बक्स अफिसमा सुपरफ्लप भएको थियो ।

Crack-and-Rustom

शाहरुख VS अक्षय: शाहरुखको  दोस्रो फिल्म ‘द रिंग’ अक्षयको ‘क्रयाक’ संग भिड्नेछ । यी दुवै फिल्म भारतीय स्वतन्त्रता दिवस अर्थात् १५ अगस्तमा रिलिज हुनेछन । अक्षय कुमार यो सालका सर्वाधिक सफल अभिनेता हुन् । यो साल अक्षयका तीन फिल्म १०० क्लबमा समावेश भैसकेका छन् ।

ADE_Filmfare1

शाहरुख VS अक्षय: र तेस्रो फिल्म जुन फिल्म शाहरुख र आनन्द एल रोयको हो | यो फिल्मलाई शाहरुख खान दिवाली वा क्रिश्मसमा रिलिज गर्ने तयारिमा रहेका छन् । यदि यो फिल्म दिवालीमा रिलिज भए अजय देवगनको ‘सँस अफ सरदार’ संग र क्रिश्मसमा रिलिज भए रणवीर कपुरको बायोपिक ड्रामा संग भिड्नु पर्नेछ । जुन फिल्ममा सुनिल दत्त या त आमिर खान रणवीरको बुबाको भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्