नचाहँदा नचाहँदै दर्शकले रुचाएपछी खलपात्रमा जमे : सुशील पोखरेल (भिडियो)



रंग खबर, काठमाण्डौं । ‘भिलेन’का रुपमा नेपाली फिल्ममा खुब रुचाइएका  अभिनेता सुशिल पोखरेलले नेगेटिभ रोल गर्ने आफ्नो खास चाहना नभएको खुलाएका छन् । रंगखबर जम्काभेटमा कुराकानी गर्दै उनले भनेका छन्, ‘ नेगेटिभ खालकै भुमिका गर्छु भन्ने मेरो सोच त थिएन । तर, त्यसमै रुचाइयो भनेर त्यस्तैमा गराइयो ।

shushil pokharel

‘यो मेरो खास रुची भने होइन् ।’ फिल्ममा नकरात्मक भुमिका गरेकै कारण कतिपय दर्शकले वास्तवमा पनि आफुलाई देखेर डराउने गरेको समेत उनले बताए । एउटा डायलग भनिदिन आग्रह गर्दा उनले अन्तरवार्ताकै क्रममा आफ्नो भिलेन रुप देखाइदिए ।

एकछिन मौन बसे । त्यसपछि हातमा बोकिरहेको मोबाइल कानतिर ल्याए । त्यो दृश्य देखेर इन्टरभिवर नै छक्क परे । त्यसपछिे ‘हे मन्त्री मैले तलाईं पाँच करोड खर्च गरेर मन्त्रीको कुर्सिमा बसाल्न सकेभने १० करोड खर्च गरेर तलाईं कुर्सिबाट फाल्न पनि सक्छु’ भन्दै उनले अभिनय गरे ।

कसरी गरे ? हेर्नुस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्