गायक सुनिल गिरीको ‘मिल्दैन र…?’मा आर्यन र नम्रताको प्रेम (भिडियो)



रंग खबर, काठमाडौँ | नेपाली चलचित्रमा सर्बाधिक रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ आठ बर्ष पछि एकै साथ म्युजिक भिडियोमा देखीएका छन् । गायक सुनिल गिरीको आबाजमा रहेको गित ‘मिल्दैन र ?’ बोलको गितमा आर्यन नम्रता एक साथ देखिएका हुन् ।

aryan namrata]

आर्यन नम्रतासंगै चलचित्र एसोसियट निर्देशकको रुपमा क्लासिकमा काम गरेका बिकास सुबेदीको निर्देशनमा तयार भएको कथामा आर्यन र नम्रताको संगितीक करियर र प्रेमलाई प्रस्तुत गरिएको छ । गायक स्बयमको संगित रहेको गित लाई जगदिस तिमील्सीनाले लेखेका हुन् भने भिडियोमा अनिल मान्धरको छायङकन र सिलन लम्सालको सम्पादन रहेको छ ।

namrata aaryan

फिल्ममा रुचाइएको यो जोडी पछिल्लो पटक ‘होक्से’ नामक सर्ट फिल्म पनि खेलेको थियो |

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्