१३ वर्षपछि ‘गाउँ रोयो अरे’ भन्दै आए मण्डल साम्पाङ



रंग खबर, काठमाण्डौं । १३ वर्षपछि सङ्गीतकार मण्डल साम्पाङले स्रोतासामु नयाँ एल्बम ल्याएका छन् । शनिबार राजधानीमा एक कार्यक्रमविच सङ्गीतकार पारस मुकारुङ, गायिका आभा मुकारुङ, साहित्यकार राजन मुकारुङ, कविद्धय उपेन्द्र सुब्बा र हाङयुग अज्ञातले सँयुक्त रुपमा उनको एकल सङ्गीत र स्वरमा रहको गीति एल्बम ‘गाउँ रोयो अरे’ को विमोचन गरे ।
album‘गाउँ रोयो अरे’मा ६ गीत समाविष्ट छन् । तीन वटा गीतमा साम्पाङकै शब्द रहेको छ भने बाँकी गीत स्वप्निल स्मृति, नाकिमा नाकिम र विपल बोयुङले लेखेका हुन् । एल्बममा रहेको एक युगल गीतमा उदीयमान गायिका सुनिता थेगिमले साथ दिएकी छिन् ।
mandal sampangप्रयाग सङ्गीत समिति इलाहवादबाट सङ्गीत प्रभाकर गरेका साम्पाङ पछिल्लो समय अलग अभियानमा सङ्गीतकार र अलग आर्ट हबमा सङ्गीत प्रशिक्षकको रुपमा सक्रिय छन् । यसअघि उनको ‘हिमाली हावैले’ (एल्बम, २०५७), ‘पूर्वेली कान्छी’ (एल्बम, २०५८) र ‘बुकी फूल’ (एल्बम, २०६०) प्रकाशित छन् ।

एल्बमको उत्पादन र प्रबद्र्धन अलग आर्ट हबले गरेको हो । कार्यक्रमको अध्यक्षता अलग आर्टका गायक रेवत राईंले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्